• फाल्गुन २७ २०८२, बुधबार

हुम्लाको देशीखोलामा जिप दुर्घटना : ९ जना घाइते

आश्विन २४ २०८२, शुक्रबार

सुर्खेत । हुम्लाको देशीखोलास्थित भित्री सडक खण्डमा शुक्रबार बिहान ११ बजे भएको सवारी दुर्घटनामा परी ९ जना घाइते भएका छन् । कर्णाली प्रदेश ०२ ००१ च १०९८ नम्बरको डबल क्याप जिप चंखेली गाउँपालिका–४, देशीखोलामा सडकबाट करिब ३०० मिटर तल खसेको हो ।
जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायव उपरीक्षक (डीएसपी) शंकर पोखरेलका अनुसार, दुर्घटनामा ९ जना घाइते भएका छन्।

‎‎दुर्घटनाको खबर प्राप्त हुनासाथ मेलछाम प्रहरी चौकीबाट सशस्त्र प्रहरीको कमान्डमा पाँच जनाको टोली उद्धारका लागि घटनास्थलमा खटिएको छ । उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ । घटनाबारे थप विवरण आउन बाँकी रहेको उनले बताए ।