• फाल्गुन २४ २०८२, आईतवार

हरेक दिन नयाँ किर्तिमान बनाउदै सुनको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन २१ २०८२, मंगलवार

काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको २३ सयले बढेर तोलाको २ लाख ३५ हजार ४ सयमा कारोबार भइरहेको छ । यस अघि सोमबार सुन तोलाको २ लाख ३३ हजार १ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २९६० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार पनि चाँदी तोलाको २९६० मै कारोबार भएको थियो ।