काठमाडौँ । नेपाल र वेस्ट इन्डिजबीचको टी-२० सिरिजको दोस्रो खेल आज हुदैछ । युएईको शारजाह क्रिकेट स्टेडियममा हुने यस खेलमा नेपालले टस जितेर पहिला ब्याटिङ रोजेको छ ।
नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेका हुन् । यससँगै वेस्ट इन्डिजले पहिला बलिङ गर्नेछ ।
युनिटी कप टी-२० अन्तर्गतको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजमाथि ऐतिहासिक जित हासिल गर्दै सिरिजमा १-० को अग्रता बनाएको छ । सिरिजको तेस्रो खेल सेप्टेम्बर ३० मा हुने तालिका रहेको छ ।