चितवन । मुग्लिन–नारायणघाट सडक खण्ड अन्तर्गत तुइन खोला नजिक खसेको पहिरो हटाउन शुरु गरिएको छ ।
पहिरो खस्न रोकिएपछि दिउसो साढे २ बजेदेखि तीन वटा मेशिनले पहिरो हटाउन शुरु गरिएको र करिब २ घण्टामा हटाएर सकिने सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ ।