काठमाडौं । काठमाडौंको भीमसेनस्थानमा आगलागी भएको छ । आज बिहान ३ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन ।
परोपकार भीसेनस्थानस्थित एक कपडा गोदामबाट सुरु भएको आगोले वरपरका ६ घर ध्वस्त भएका छन् भने मन्दिरमा समेत आगो लागेको छ ।
दमकलको सहयोगमा आगो निभाउने प्रयास भइरहेको छ । तर आगो नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणका लागि काठमाडौं महानगर र ललितपुर महानगरका दमकल प्रयोग गरिरएको छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, काठमाडौं महानगर प्रहरी लगायतले आगो निभाइरहेका छन् ।
आगलागीको कारण अहिलेसम्म एकिन हुन सकेको छैन ।