• फाल्गुन २४ २०८२, आईतवार

सुनचाँदीकै मूल्यले बनायो नयाँ रेकर्ड, आज कितमा हुँदैछ काराेबार ?

आश्विन १२ २०८२, आईतवार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य फेरी बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन तोलाको ७ सयले बढेर तोलाको २ लाख २३ हजार २ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार सुन तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भएको थियो । यो सुनको अहिलेसम्मकै उच्च मुल्य हो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ७० रुपैयाँले बढेर २८१० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि शुक्रबार चाँदी तोलाको २७४० मा कारोबार भएको थियो ।