• फाल्गुन २४ २०८२, आईतवार

सुनचाँदीको मुल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

आश्विन १० २०८२, शुक्रबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार छापावाल सुन तोलाको १२ सयले बढेर तोलाको २ लाख २२ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि बिहिबार सुन तोलाको २ लाख २१ हजार ३ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ५५ रुपैयाँले बढेर २७४० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि विहिबार चाँदी तोलाको २६८५ मा कारोबार भएको थियो ।