• फाल्गुन २३ २०८२, शनिबार

युक्रेन-रुस युद्धबाट अमेरिकालाई आर्थिक फाइदा भइरहेको ट्रम्पकाे भनाइ

आश्विन ४ २०८२, शनिबार

काठमाडाैं । युक्रेन र रुस युद्धबाट अमेरिकालाई आर्थिक फाइदा भइरहेको अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बताएका छन् ।

शुक्रबार राष्ट्रपति भवन ह्वाइट हाउसमा भएको पत्रकार सम्मेलनमा बोल्दै ट्रम्पले अमेरिकाले नेटो देशलाई बेचेका हतियार नै युक्रेन पुग्ने भन्दै युद्धबाट अमेरिकालाई फाइदा भएको बताएका छन् ।

रुसी विश्व च्यानल आरटीका अनुसार बाइडेनले साढे तीन खर्ब अमेरिकी डलर युक्रेनलाई दिएको तर आफ्नो पालामा नेटो देशले हतियार किन्ने र त्यसैबाट हतियार युक्रेन पुग्ने भन्दै ट्रम्पले युक्रेन युद्धले अमेरिकालाई आर्थिक फाइदा भएको बताएका हुन् ।