• फाल्गुन २६ २०८२, मंगलवार

पदभार ग्रहणअघि मृतकका परिवार भेट्न शिक्षण अस्पताल पुगे कुलमान

भाद्र ३० २०८२, सोमबार

काठमाडौँ । नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले शपथ ग्रहण गरेपछि पदभार ग्रहण नगरी सीधै शिक्षण अस्पताल महाराजगन्ज पुगेका छन् ।

उनी जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूको परिवारलाई भेट्न त्यहाँ गएका हुन् । यस भेटघाटका क्रममा उनले शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेका थिए ।