• फाल्गुन २६ २०८२, मंगलवार

नेपालमा नयाँ अन्तरिम सरकार गठन भएकोमा भारतद्वारा स्वागत

भाद्र २९ २०८२, आईतवार

काठमाडौँ l भारतले नेपालमा नयाँ अन्तरिम सरकार गठनकोमा स्वागत गरेको छ।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले शुक्रबार अन्तरिम प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेलगत्तै भारतीय विदेश मन्त्रालयले विज्ञप्तिमार्फत स्वागत गरेको हो ।

‘हामी सुशिला कार्कीको नेतृत्वमा नेपालमा नयाँ अन्तरिम सरकार गठनको स्वागत गर्दछौँ । हामीलाई आशा छ कि यसले शान्ति र स्थिरतालाई प्रवद्र्धन गर्न मद्दत गर्नेछ’ विज्ञप्तिमा भनिएको छ।

भारतले नजिकको छिमेकी, लोकतान्त्रिक मित्र र दीर्घकालीन विकास साझेदारको रूपमा दुई देश र जनतको कल्याण र समृद्धिका लागि नेपालसँग मिलेर निरन्तर काम गरिरहने जनाएको छ ।