• फाल्गुन २३ २०८२, शनिबार

आमाको गर्भमै शिशुले दिसा गर्‍यो भने के हुन्छ ?

भाद्र २७ २०८२, शुक्रबार

काठमाडौँ । गर्भावस्था महिलाका लागि सबैभन्दा संवेदनशील समय हो । यो समयमा गर्भवती महिलाहरूले आफ्नो मात्र होइन गर्भमा हुर्किरहेको बच्चाको पनि ख्याल राख्छन् । यो अवस्थामा उनीहरूले के खाने, के नखाने, कसरी उठ्ने र बस्ने अनि कस्तो प्रकारको शारीरिक गतिविधि गर्ने भन्ने कुरामा बढी ध्यान दिन्छन् ।

तर, यति गर्दा गर्दै पनि गर्भवती महिलाहरूले कहिलेकाहीँ नचाहेको समस्याहरूको सामना गर्नुपर्ने हुन्छ । यी मध्ये एउटा समस्या गर्भमा रहेको बच्चाले दिसा गर्नु पनि हो ।

मेडिकलको भाषामा यसलाई मेकोनियम एस्पिरेशन सिन्ड्रोम भनिन्छ । यदि बच्चाले गर्भमा दिसा गर्‍यो अनि त्यो दिसालाई निल्यो भने यो उसको लागि धेरै खतरनाक साबित हुन्छ । आजको यस लेखमा हामी बच्चाले आमाको पेटभित्र दिशा गर्‍यो भने के हुन्छ भन्नेबारे कुराकानी गर्नेछौँ ।

बच्चाले आमाको पेटमै दिसा गर्दा उनको ज्यान जोखिममा पार्न सक्छ । चिकित्सा अनुसन्धानका अनुसार, १३ प्रतिशत बच्चाहरूले गर्भमा दिसा गर्छन् र प्रसव मिति बढेको खण्डमा यो सङ्ख्या ४० प्रतिशतसम्म पुग्छ । बच्चाले जन्मनुभन्दा पहिले नै पेटमा दिसा गर्न सक्छ । यो दिसा एम्नियोटिक फ्लुइडमा मिसिन्छ ।

बच्चाले यसलाई निल्यो भने, यो उसको फोक्सोमा जान सक्छ र यसले बच्चाको लागि निमोनिया र सास फेर्नमा समस्या निम्त्याउन सक्छ । बच्चालाई मेकोनियम एस्पिरेशन सिन्ड्रोम पनि हुन सक्छ । मेकोनियमले बच्चाको फोक्सोको वायुमार्ग अवरुद्ध गर्छ ।

यो कहिले हुन्छ ?

गर्भमा बच्चा कुनै समस्याबाट पीडित छ भने, उसले दिसा गर्न सक्छ । प्रसव मिति बढ्दा यो घटना बढी हुन्छ । यस्तो अवस्थामा, तुरुन्त उपचार आवश्यक पर्ने भएकोले गर्भवती महिलाहरूले तुरुन्तै डाक्टरसँग परामर्श गर्नुपर्छ ।

प्रसव पछि डाक्टरले बच्चाको वायुमार्गबाट दिसा हटाउन मुख र नाकबाट सक्शन गर्छन् । गर्भवती महिला र उनको बच्चाको लागि यो गम्भीर अवस्था भए पनि, डाक्टरको निरीक्षणमा उचित हेरचाह गरेमा यसबाट बच्न सकिन्छ ।