• फाल्गुन २८ २०८२, बिहीबार

भाटभटेनी लुट्ने चार जना पक्राउ, डिल्लीबजारबाट २ लाख ३२ हजार नगद बरामद

भाद्र २५ २०८२, बुधबार

काठमाडौँ । नेपाली सेनाले महाराजगञ्जस्थित भाटभटेनी सुपर मार्केट लुटपाटमा संलग्न चार जना पक्राउ परेको जानकारी दिएको छ ।

नेपाली सेनाले डिल्लीबजार नारायणथान क्षेत्रमा शंकास्पद गतिविधिमा संलग्न व्यक्तिहरुले सुरक्षा फौजलाई देखेपश्चात छोडेर भागेको नेपाली २ लाख ३२ हजार पाँचसय २५ सय डलर बरामद गरिएको जनाएको छ । सुरक्षाकर्मीबाट लुटिएका थप हतियार १ नाल सहित हालसम्म जम्मा ३२ नाल हतियार बरामद भएको सेनाले जानकारी दिएको छ ।

त्यस्तै नेपाली सेनाले डडेलधुरास्थित जिल्ला कारागारबाट निस्केर भागेका कैदीवन्दीहरु मध्ये २६ जनालाई नियन्त्रणमा लिईएको तथा काठमाडौं डिल्ली बजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीवन्दीहरुलाई रोकिएको जनाएको छ ।