झापा । जेनजी आन्दोलनकारीले भाटभटेनीमा आगो लगाएका छन् ।
झापाको विर्तामोडमा रहेको भाटभटेनीमा जेनजीले आगो लगाएका हुन् ।
बिहानदेखि विर्तामोडका विभिन्न सरकारी कार्यालय तोडफोड गर्दै आएका प्रदर्शनकारीले इलाका प्रहरी कार्यालयमा आगलागी गरेपश्चात भाटभटेनीमा आगलागी गरेका हुन् ।
प्रत्यक्षदर्शीका अनुसार तोडफोड पश्चात त्यहाँ रहेका सामानहरु कब्जा गरेर लगेको बताएका छन् ।
