• फाल्गुन २६ २०८२, मंगलवार

जेनजी आन्दोलनले भन्यो– घुसपैठ भयो, सुरक्षित रुपमा फर्किनु

भाद्र २३ २०८२, सोमबार

काठमाडौँ । जेनजी आन्दोलनले घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको छ । सोमबार बानेश्वरमा जारी प्रदर्शनमा घुसपैठ भएको भन्दै सबैलाई फर्कन आह्वान गरेको हो ।

प्रदर्शन बारे अपडेट दिइरहेको जेन डट जेटनेपालमा नामको इन्स्टाग्राम अकाउन्टमा सूचना जारी गरी प्रदर्शनमा सहभागी सबैलाई सुरक्षित रुपमा फर्किन भनिएको छ ।

बिहान ९ बजेदेखि माइतीघरमा जम्मा भएका युवाहरू ११ बजेपछि बानेश्वर पुगेका थिए । बानेश्वरमा पुगेपछि प्रदर्शन उग्र बनेको थियो । युवाहरुले प्रहरीको ब्यरिकेड तोडेर बानेश्वरस्थित संसद भवन परिसरमा प्रवेश गरेका थिए । त्यहाँ रहेका सुरक्षाकर्मीहरूले उनीहरूलाई बाहिर निकालेका थिए । प्रदर्शन नियन्त्रण लिन प्रहरीले रबरको गोली चलाएको थियो । प्रहरी र जेनजी पुस्ताका केही युवाहरू पनि घाइते भएका छन् ।

अहिले प्रशासनले काठमाडौँको बानेश्वरसहित, सिंहदरबार, बालुवाटार, शित्तलनिवास क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ ।