• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारोबार ?

भाद्र २३ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ४ सयले घटेर तोलाको २ लाख ११ हजार ६ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार सुन तोलाको २ लाख १२ हजारमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २५ रुपैयाँले घटेर २४७५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २५०० मा कारोबार भएको थियो ।