• फाल्गुन २३ २०८२, शनिबार

एभरेष्ट महिला भलिबल लिगमा कर्णालीको विजयी शुरुवात

भाद्र २० २०८२, शुक्रबार

काठमाडौँ । एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणको उद्घाटन खेल कर्णाली यशविसले जितेको छ ।

पोखरामा भएको पहिलो खेलमा कर्णालीले पोखरा निन्जाजलाई २–० को सोझो सेटमा पराजित गरेको हो । कर्णालीले पहिलो सेट २५–२१ र दोस्रो सेट २५–२० ले जितेको थियो ।

आजै दोस्रो खेल ललितपुर क्विन्स र मधेश युनाइटेडबीच हुदैछ ।

भदौ २० गतेदेखि २८ गतेसम्म संचालन हुने भलिबल लिगमा मधेश युनाईटेड, ललितपुर क्विन्स, काठमाडौं स्पाईकर्स, पोखरा निन्जाज, कर्णाली यशविस र लुम्बिनी लाभा गरि ६ फ्रेन्चाइजीले प्रतिष्पर्धा गर्दै छन् । प्रतियोगिताको फाइनल खेल भदौ २८ गते हुने आयोजकले जानकारी दिएको छ ।

गतबर्ष भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण कर्णाली यशविसले जितेको थियो । कर्णालीले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गरेर पहिलो उपाधि जितेको थियो ।