• फाल्गुन २४ २०८२, आईतवार

घट्यो डिजल र हवाई इन्धनको मुल्य

भाद्र १६ २०८२, सोमबार

काठमाडौँ । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मुल्य घटाएको छ । निगमले आइतबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मुल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्य यथावत राखिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४ रुपैयाँ घटाएको छ ।

त्यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रति लिटर १ तथा अन्तर्राष्ट्रियतर्फ काठमाडौँका लागि प्रति किलोलिटर ७ डलरले घटाएको छ । पोखरा र भैरहवाका लागि ब्रेक इभन प्वाइन्ट बिक्रि मुल्य कायम गरेको निगमले जनाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर ०.२१ रुपैयाँ घटेर आएको र  डिजलमा १.४८ रुपैयाँ घटेर आएको जानकारी दिएको छ ।

मुल्य परिवर्तनपछि काठमाडौँमा डिजल तथा मट्टीतेलको प्रति लिटर १४५ भएको निगमले जनाएको छ ।