• फाल्गुन २३ २०८२, शनिबार

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारिन्

भाद्र १४ २०८२, शनिबार

काठमाडौं । ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुँइटेलले हात पारेकी छिन् । आयोजक संस्था ‘द हिडन ट्रेजर’ले शनिबार ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजित फिनालेमा यसवर्षको मिस नेपाल उपाधि लुँइटेललाई घोषणा गरेको हो । उनलाई पूर्वमिस नेपाल आस्मा कुमारी केसीले ताज लगाइदिइन् ।

काठमाडौंसहित मुलुकका विभिन्न सहरमा आयोजना गरिएको अडिसनमार्फत २६ जना फाइनलिस्ट थिए । जसमध्ये थर्ड रनर अप तथा मिस नेपाल अर्थ सोनि घले, सेकेन्ड रनर अप एवं मिस इनटरनेशनल उरुषा भण्डारी भइन् ।

१४ सबटाइटलमा को को विजेता ? त्यस्तै, अन्य १५ वटा सहविधामा पनि पुरस्कार वितरण गरिएको थियो ।

यी हुन् सहविधामा पुरस्कार पाउनेहरू :

मिस हेल्दि स्किन, आरती थापा

मिस कन्फिडेन्ट, प्रज्ञिका क्षेत्री

मिस ग्रिन भिजिनरी, जगदिश्वरी शाह

मिस प्रिस्टिन, प्रियंका थापा

मिस टाइमलेस इलिजेन्स, उरुषा भण्डारी

मिस फेस अफ द इयर, स्मृति श्रेष्ठ

मिस इम्पावर्ड च्वाइस, दीपशिखा नेपाल

मिस डिलाइटफूल ह्याप्पीनेस इन्टिलिजेन्ट, लुना लुँइटेल

मिस ब्युटीफुल हेयर, सइच्छा थापा

मिस पपुलर च्वाइस, उरुषा भण्डारी

मिस फोटोजेनिक, स्मृति श्रेष्ठ

मिस फेस अफ फार्मेसी, स्मृति श्रेष्ठ

मिस ब्युटी विथ अ पर्पस, श्रृष्टि कुमारी तामाङ

मिस इन्टलेक्चुअल, श्रुति महर्जन

मिस वुमन विथ विंग्स, निलिमा पोखरेल