आजको व्यस्त जीवनशैलीमा धेरै मानिसहरू अल्ट्रा–प्रोसेस्ड फूड र अस्वस्थ बानीमा अड्किएका छन् । बाहिरको खाना, तेलीयुक्त र मसालेदार परिकारले पेटसँग सम्बन्धित समस्याहरू बढाएको छ ।
प्रायः मानिसले एसिडिटी, छाती पोल्ने समस्या वा खट्टी डकारलाई सामान्य ठान्छन्, तर यी लक्षणहरू लामो समयसम्म रहिरहे भने पेटको क्यान्सरको सुरुवाती संकेत हुन सक्छ ।
के हो पेट क्यान्सर ?
क्लीभल्यान्ड क्लिनिकका अनुसार, पेटको लाइनिङका कोषहरू असामान्य रूपमा बढ्न थालेपछि पेटको क्यान्सर सुरु हुन्छ । प्रायः ९५% केसमा क्यान्सर पेटको भित्री तहबाट सुरु भई विस्तारै ट्युमर बनाएर लिभर, प्यान्क्रियाज जस्ता अंगसम्म फैलिन सक्छ ।
कसलाई बढी खतरा हुन्छ ?
1 ६५ वर्षभन्दा माथिका व्यक्तिहरू
2 महिलाभन्दा पुरुषमा बढी देखिने
3 परिवारमा पेट क्यान्सरको इतिहास भएकाहरू
पेटको क्यान्सरका लक्षणहरू
शुरुआती चरणमा प्रायः लक्षण देखिँदैनन् । तर यी लक्षणहरू देखा पर्न सक्छन् :
1 भोक कम लाग्नु
2 खान निगल्न गाह्रो हुनु
3 लगातार थकाइ वा कमजोरी
4 वाकवाकी वा बान्ता
5 अचानक तौल घट्नु
6 हार्टबर्न वा अपच
7 कालो रगत मिसिएको दिसा
8 रगतसहित बान्ता
9 खानापछि पेट भारी वा ग्यास
10 पेट दुखाइ (नाइटो माथि)
11 अलि खानासाथ नै पेट भरिएको अनुभव
यी लक्षणहरू अरू रोगमा पनि देखिन सक्छन्, त्यसैले डाक्टरको सल्लाह लिनु अत्यावश्यक हुन्छ ।
पेट क्यान्सर हुने कारणहरू
1 परिवारमा इतिहास
2 एच पाइलोरी ब्याक्टेरिया संक्रमण
3 पेटमा अल्सर वा ग्यास्ट्राइटिस
4 अत्यधिक नुन, तेलीयुक्त, स्मोक्ड वा अचारको सेवन
5 फलफूल तथा तरकारीको कमी
6 धूम्रपान र मदिरा
7 मोटोपना
8 एपस्टीन–बार भाइरस संक्रमण
9 टाइप ए ब्लड ग्रुपमा बढी देखिने
बच्ने उपायहरू
पेटको क्यान्सर पूर्ण रूपमा रोक्न सकिँदैन, तर जीवनशैली सुधारेर जोखिम घटाउन सकिन्छ :
1 स्वस्थ खानापन
2 नुन, रेड मीट कम गर्नु
3 धूम्रपान र मदिरा त्याग्नु
4 नियमित व्यायाम र तौल नियन्त्रण
अस्वीकरणः लेखमा उल्लेख गरिएका सल्लाह र सुझावहरू सामान्य जानकारीको उद्देश्यका लागि मात्र हुन् र यसलाई व्यावसायिक चिकित्सा सल्लाहको रूपमा व्याख्या गर्नु हुँदैन । यदि तपाईंलाई कुनै प्रश्न वा समस्या छ भने सधैँ आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।