काठमाडौं । भारतको आसाम राज्य टिमले नेपाल ए लाई १९१ रनको लक्ष्य दिएको छ ।
भारतको गुवाहाटीमा आजदेखि सुरु भएको नेपाल ‘ए’ र आसामबीचको टी–२० सिरिजअन्तर्गत पहिलो खेलमा टस हारेर पहिला ब्याटिङ गरेको आसामले २० ओभरमा ८ विकेट गुमाएर १९० रन बनाएको हो ।
आसामले राम्रो सुरुवात गरेपनि बिचको ओभरमा नेपालले खेलमा नियन्त्रण बनाउदै आसामलाई आक्रामक ब्याटिंग गर्न रोकेको थियो । तर अन्ति म२ ओभरमा आसामका आकाश सेनगुप्ता र अभिनव चौधरीले ५१ रन बनाएपछि १९० रनको टोटल बनाएको थियो । त्यस्तै नेपालका लागि बलर आकाश चन्दले ३ विकेट लिए भने विवेक यादव र कमलसिंह ऐरीले २–२ विकेट लिएका थिए ।