• फाल्गुन २४ २०८२, आईतवार

‘मुस्ताङ गोल्ड’मा झिंगा भेटिएपछि धनुषा डिष्टिलरीलाई २ लाख जरिवाना

भाद्र ११ २०८२, बुधबार

काठमाडौँ । काठमाडौँ महानगरले धनुषा डिस्टिलरीलाई दुई लाख जरिवाना गरेको छ ।

महानगरले धनुषा डिस्टिलरीद्वारा उत्पादित ‘मुस्ताङ गोल्ड’ नामक अल्कोहलजन्य पेय पदार्थमा अखाद्य वस्तु भेटिएपछि उद्योगमाथि कारबाही गरेको जानकारी दिएको छ ।

सिलबन्दी अवस्थामा बजारमा बिक्री वितरण भइरहेको उक्त मदिरामा झिँगा जस्तो अखाद्य पदार्थ फेला परेको थियो । मापदण्ड विपरीत रहेकोले महानगरले २ लाख रुपैयाँ जरिवाना गरेको जनाएको हो ।