• फाल्गुन २३ २०८२, शनिबार

स्क्रब टाइफस कसरी सर्छ ? लक्षणहरु र बच्ने उपायहरु :

भाद्र ११ २०८२, बुधबार

स्क्रब टाइफस एक किसिमको सरुवा रोग हो । यो रोग लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग माइटमा पाइने ओरेन्सिया सुसुगामुसी (Orentia Tutsugamushi) भन्ने जिवाणुबाट लाग्दछ ।

माइट प्राय: जसो झाडी, खेतवारी, वनजंगल, घर वरिपरिको झाडी वा घुरान हुने ठाँउमा देखिने गर्दछ ।

स्क्रब टाइफस कसरी सर्छ ?
मुसामा लाग्ने किर्ना जस्तो देखिने किरा (माइट) को टोकाइबाट मानिसमा सर्दछ । यो रोग मानिसबाट मानिसमा सदैन ।

स्क्रब टाइफसका लक्षणहरु:
धेरै जवरो आउनु (काम ज्वरो समेत आउन सक्छ)
धेरै टाउको दुख्नु
पसिना धेरै आउनु
आँखा रातो हुनु
झाडापखाला लाग्नु
किराले (माईट) टोकेको ठाउँमा रातो डाबर जस्तो दाग देखिनु र पछि गएर कालो दाग बस्नु

स्क्रब टाइफसबाट बच्ने उपायहरु के-के हुन् ?
खेतवारीमा काम गर्दा वनजंगल / झाडीमा जाँदा वा घाँस काट्न जाँदा पुरा शरीर ढाकिने कपडा लगाउने साथै सम्भव भुइं सम्म बुट लगाउने
घाँसवारी वा चउरमा बस्दा गुन्द्री वा दरी ओछ्याएर बस्ने
सम्भव भएसम्म भुइँमा नबस्ने । खाटमा वा अग्लो स्थानमा सुत्ने/बस्ने
सकेसम्म धाँसवारी र चउरमा नबस्ने
चउरमा, वारी, झाडी, घाँस तथा घुरान बढ्न नदिने
मुसा नियन्त्रणको लागि उपयुक्त किसिमले अन्न भण्डार गर्ने तथा मुसाको
बृद्धि विकास नहुने वातावरणको सृजना गर्ने ।
स्क्रब टाइफस लागेको शंका लागेमा उपचारको लागि तुरुन्त नजिकको स्वास्थ्य संस्थामा लैजानु पर्छ । औषधी सेवनपछि यो रोग निको हुन्छ ।