• फाल्गुन २३ २०८२, शनिबार

पर्यटकीय गन्तव्यका लागि बाँके राष्ट्रिय निकुञ्ज

भाद्र ५ २०८२, बिहीबार

पृष्ठभूमि :
पश्चिम नेपालमा अवस्थित देशकै सबभन्दा कान्छो बाँके राष्ट्रिय निकुञ्ज (बीएनपी) जैविक विविधता, हरियाली र प्राकृतिक सौन्दर्यले भरिपूर्ण एक पर्यटकीय गन्तव्य हो । तथापि यहाँ पर्यटन फस्टाउन सकेको छैन् । यसवर्ष आन्तरिक ७ सय जना पर्यटकहरुले मात्र यहाँ अवलोकन गरेका छन् ।

यद्यपि यहाँ वार्षिक रुपमा हजारौं आन्तरिक र विदेशी पर्याटकहरु आउन सक्ने प्रचुर सम्भावना रहेको छ । यस निकुञ्जमा पर्यटकहरु आवगमन बढाउनका लागि प्रचार प्रसारको आवश्यकता रहेको छ । सोही आवश्यकतालाई महसुस गरी यस बाँके राष्ट्रिय निकुञ्जको प्रचार प्रसार गर्ने आशयले डब्लु डब्लु जे ध्यचपष्लन ध्यmभल व्यगचलबष्कित टोलीले २०८२ सालको जेष्ठ १० गते शनिबारको दिन यो निकुञ्जको अवलोकन भ्रमण गरेको थियो ।

उक्त भ्रमण टोलीमा बाँकेकी वरिष्ठ महिला पत्रकार अक्षरी पोखरेल, पत्रकार महासंघकी उपाध्यक्ष करुणा शाह, डब्लुडब्लुजेकी अध्यक्ष सावित्री गिरी, निशु जोशी लगायत सम्पूर्ण कार्य समितिका पदाधिकारी १५ जना महिला पत्रकारहरुको सहभागिता रहेकोथियो । उक्त महिला पत्रकार टोलीले करिब ३–४ घण्टाको जंगल सफारीमार्फत् प्रकृतिसँग नजिक हुने अनुपम अवसर पाए ।

परिचय : नेपालगञ्जदेखि सहजै पहुँच योग्य रमणीय स्थल :
बाँके, दाङ र सल्यान जिल्लासँग जोडिएको बाँके राष्ट्रिय निकुञ्ज नेपालगञ्जबाट केही समयमै सहज रूपमा पुग्न सकिने भएकाले यहाँ पर्यटकीय सम्भावना अत्यन्त उच्च छ । स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्यटकहरूका लागि पनि यो निकुञ्ज एक आकर्षक गन्तव्य बन्न सक्छ । यो ५५० वर्ग किमी कोर र ३४३ वर्ग किमी मध्यावर्ती क्षेत्रफलमा फैलिएको बाघको संरक्षणार्थ एक उचित स्थल हो ।

विसं २०४५ सालमा राजा वीरेन्द्रद्वारा मध्यपश्चिमाचञ्ल भ्रमणको क्रममा बाँकेको चिसापानीदेखि दाङको अर्जुनखोलासम्मको क्षेत्रलाई जैविक विविधता संरक्षणका लागि सर्वेक्षण गरि बर्दिया राष्ट्रिय निकुञ्जको विस्तार गर्न निर्देशन गरियो । विसं २०४५ सालमै तत्कालिन कन्जरभेटरको संयोजकत्वमा कार्यदल गठन भई सर्वेक्षण कार्य सुरुवात गरियो । विसं. २०४६ सालमा दोस्रो जनआन्दोलनद्वारा नेपालमा पञ्चायती शासन व्यवस्थाको अन्त्य भइ बहुदलीय शासन व्यवस्थाको सुरुवात पश्चात उक्त कार्यदल निस्क्रिय भयो ।

विसं २०५२ सालमा माओवादी जनयुद्दको सुरुवात भइदियो । वि.सं. २०५७/५८ तत्कालिन अधिराजकुमार ज्ञानेन्द्र शाहको भ्रमणको क्रममा बाँकेको चिसापानीदेखि दाङको अर्जुनखोलासम्मको क्षेत्रलाई न्षत तय तजभ भबचतज को रुपमा घोषणा गरियो । वि.सं. २०६६ सालमा जलवायु परिवर्तनको बढ्दो प्रकोप र संसारभर नै यसबारे भैरहेको बहसका विच पुनः एकपटक यस क्षेत्रलाई संरक्षण गर्नुपर्ने पहल सुरु गरियो ।

यसै बिच कालापत्थरमा वि.स.२०६७/०१/३०मा बसेको तत्कालिन मन्त्रिमण्डलले बर्दिया राष्ट्रिय निकुञ्जको पूर्वी क्षेत्रलाई बर्दियाको विस्तार नभई नयाँ राष्ट्रिय निकुञ्ज स्थापना गर्ने निर्णय गरियो । वि.सं २०६७ असार २८ गतेका दिन नेपालको दशौं राष्ट्रीय निकुञ्जको रूपमा न्षत तय भ्बचतज र नेपालको बाघको संख्या दोब्बर गर्ने र बाघको आवास क्षेत्रलाई बढाउने प्रतिबद्धता अनुरुप ५५० वर्ग कि.मि कोर र ३४३ वर्ग कि.मि मध्यवर्ती हुनेगरी राजपत्रमा सूचना प्रकाशित गरि विधिवत रुपमा स्थापना गरियो । निकुञ्ज सुरक्षार्थ पहिलो पटक नेपाली सेनाको श्री गोरखदल गण तैनाथ, त्यस पश्चात क्रमशः २०७४ मा श्री श्रीमेहर गण, २०७७ सालमा अर्जुनवाण गण र २०८१ सालमा रणबम गण तैनाथ गरियो जुन हालसम्म नि तैनाथ रहेकोछ ।
बाँके दाङ र सल्यानको सीमासँग जोडिएको यस निकुञ्जका विशेषताहरुको बारेमा कुरा गर्ने हो भने चुरेभावर क्षेत्रको संरक्षणद्वारा भूमिगत पानीलाई पुन : चार्ज गर्नु जुन कृषि र तराईका जनताको जीवनका लागि अत्यन्त महत्वपूर्ण छ ।
बीएनपी लगायत नेपाल र भारतका संरक्षण क्षेत्रहरू बीच वन्यजीवहरूको जेनेटिक विनिमयमा न्भलभतष्अ भ्हअजबलनभ योगदान पुर्याएकोछ । यो बर्दिया–बाँके कम्प्लेक्सको एक प्रमुख टाइगर कन्जर्भेशन युनिट त्ऋग् हो ।

यसलाई ४ सेप्टेम्बर २०१६ मा “कन्जर्भेसन एशर्ड/टाइगर स्ट्यान्डर्ड प्राप्त भयो । नेपालका ३७ महत्वपूर्ण पंक्षी र जैविक विविधता क्षेत्रमध्ये एक हो । बाँके राष्ट्रिय निकुञ्जमा थारु, बादी, खुना, सुनाहा र कुमाल जस्ता आदिवासी समुदायको बसोबास रहेको छ । पर्यपर्यटनको प्रचुर सम्भावना भएको राष्ट्रिय निकुञ्जको रुपमा रहेको छ । यहाँ नेपालमा पाइने ११८ मध्ये ८ ओटा पारिस्थितिकीय प्रणालीका जीवहरुको संरक्षण गरिएको छ ।

विशेष गरी बाघ संरक्षणका लागि यो निकुञ्जलाई चिनिन्छ । स्थापना पश्चात हासिल उपलब्धिहरुलाई हेर्ने हो भने बाघ संरक्षणमा सफलता : ई.स. २०२२ को सर्वेक्षण अनुसार २५ ओटा बाघको पहिचान गरिएकोछ । जसमध्ये ई.स. २०१३ साल ४ ओटा, २०१८ सालमा २१ ओटा, २०२२ सालमा २५ ओटा रहेको अनुमान गरिएको छ । (यो सम्पूर्ण आधिकारिक जानकारी बाँके राष्ट्रीय निकुञ्जका चीफ वार्डन अर्थात् वरिष्ठ संरक्षक अधिकृत वीरेन्द्र कँडेल ज्यूद्वारा प्राप्त)

मुख्य विशेषताः बन्यजन्तुको प्रत्यक्ष अवलोकन :
नेपालगंजमा अति गर्मीको बेलामा यस जंगलको सरररररर चल्ने शीतल हावाले मन एकदमै आनन्दित बनाउँछ । वनजन्तुको प्रत्यक्ष अवलोकन गर्नका लागि निकुञ्जभित्र सफारीका लागि तयार पारिएको बाटो सम्याइएको, पर्याप्त चौडाइ भएको र रमणीय वातावरणमा लपेटिएको देखियो । बाटोमा आवश्यक स्थानमा काठका पुलहरू निर्माण गरिएका छन् ।

वातावरण मैत्री बनाइएका काठका बोर्डहरु जसले प्रदूषणबाट बचाउनेछ । जसले सफारीको यात्रामा सहजता बढाएको छ । यद्यपि केही स्थानमा हालको मौसमका कारण रुख ढलेका थिए, तिनलाई पन्छाएर सफारी यात्रालाई निरन्तरता दिन सकिने अवस्था थियो । जंगल सफारीको क्रममा टोलीले चित्तल, जरायोको बथान, चौका (चारसिङ्गे) लगायतका वन्यजन्तुहरूको अवलोकन गर्न पायो । वन्यजन्तुहरू प्राकृतिक रूपमा खुलेर घुमिरहेको देखिनु यस निकुञ्जको स्वस्थ पारिस्थितिक प्रमाण हो ।
निकुञ्ज प्रशासनले वन्यजन्तुको जीवनशैली सहज बनाउनका लागि कृतिम पानी पोखरीहरू निर्माण गरेको छ । जसले सुक्खा समयमा पनि जनावरहरूलाई पानी उपलब्ध गराउने काम गर्छ । यस बाहेक निकुञ्जका विभिन्न स्थानहरूमा बनाइएका मचानहरूले पर्यटकलाई वन्यजन्तु तथा जंगलको दृश्य अवलोकन गर्न सहज बनाउँछ ।
वर्षा ऋतु प्रारम्भसँगै जंगलमा हरियाली पलाएको हुन्छ । हरा–भरा रूखहरु, घाँसेमैदान, बगिरहेका खोला तथा खोल्सीहरूले यो निकुञ्जलाई अझ जीवन्त बनाएका हुन्छन् । खोला र खोल्सीहरूबाट बग्ने पानीले वातावरणमा थप ताजगी प्रदान गर्दछ ।
प्रकृति मात्र होइन्, यहाँको जैविक विविधता पनि अध्ययन र अनुसन्धानका लागि उपयोगी मानिन्छ । यो निकुञ्ज जैविक सम्पदाले सम्पन्न रहेको र पर्यावरणीय शिक्षा तथा अनुसन्धानका लागि उपयुक्त स्थल हो भन्ने कुरा पनि टोलीको अनुभवले देखाएको छ । निकुञ्जभित्र संरक्षण र पर्यटनबीचको सन्तुलन हेर्न सकिन्छ । वन्यजन्तुको संरक्षणसँगै पर्यटकलाई पनि शिक्षा, अवलोकन र आनन्दको अवसर प्रदान गर्ने ढाँचाले यो क्षेत्र उदाहरणीय छ ।

चुनौती : अपर्याप्त बजेट र पुर्वाधारको कमी :
बाँके राष्ट्रिय निकुन्ज चुरेभावर क्षेत्रमा पर्ने भएकोले यहाँ पानी सञ्चित गरी राख्ने अवस्था छैन् । यो तराईको अति गर्मी हुने ठाँउसँग नजिक रहेकोले यहाँ तापमान बढ्दा पानी सुकेर जान्छ । जनावरहरुका लागि खानेपानीको अभाव हुनाले यहाँका जनावर पानी खोज्दै नेपालका अन्य ठाँउ हुँदै भारतको कतर्नियाको जंगलसम्म पुग्ने गरेको कुरा अध्ययनले जनाएको छ ।

यसर्थ यहाँ जनावरहरुका लागि खानेपानीको व्यवस्था गर्न पर्याप्त मात्रामा कृत्रिम तलाउहरु बनाउन अति आवश्यक छ । तर कृत्रिम तलाउ बनाउन लाग्ने सोलार सिस्टम जडान, मोटर जडान आदिको लागत खर्च व्यहोर्न गाह्रो हुने भएकोले जनावरका अनुपात अनुसार पर्याप्त कृत्रिम तलाउ बनाउन सकिएको छैन् । पर्याटकहरुलाई आकर्षित गर्न रेफ्टिङ, बोटिङ, रेस्टोरेन्ट, होमस्टे र सफारी लगायतका क्षेत्रमा विकास गर्न सकेको छैन् ।

आवश्यक पहल : नीजि व्यवासायिक लगानीबाट विकास र लाभ :
सरकारसंग वनजंगल र वनजन्तुको संरक्षण गर्नका लागि आवश्यक बजेट नरहेको कुरा सर्वविदित नै छ । तसर्थ बाँके राष्ट्रिय निकुञ्जलाई पर्यटनसँग जोड्नका लागि यहाँ रेफ्टिङ, बोटिङ, रेस्टोरेन्ट, होमस्टे र सफारी लगायतका क्षेत्रमा नीजि लगानी गर्न आवश्यक देखिन्छ । यसै गरी जनावरहरुलाई चाहिने पर्याप्त खानेपानीको व्यवस्थापन गर्न गराउनका लागि कृत्रिम तलाउहरु बनाउन सोलर सिस्टम आदि जडान गर्न समेत नीजि लगानी गर्न आवश्यक रहेको देखिन्छ ।

लगानीकर्ताले वन संरक्षण ऐन अनुसार रेफ्टिङ, बोटिङ, रेस्टोरेन्ट, होमस्टे, सफारी र खानेपानी लगायतको विकास र व्यवस्थापनमा नाफासहित लगानी गरी संरक्षणमा योगदान पुर्याउनुका साथै आफूले व्यवसायिक र आर्थिक लाभ लिन सक्नेछन् ।

निष्कर्ष :
बाँके राष्ट्रिय निकुञ्जको भ्रमण गर्दा डब्लु डब्लु जे टोलीले प्राप्त गरेको अनुभवले यो स्थलको पर्यटकीय, जैविक र पारिस्थितिक सम्भावनालाई उजागर गरेको छ । साथै प्राकृतिक सौन्दर्यको मोहक झलक, वन्यजन्तुको विविधता, सहज पहुँच र संरक्षण, पर्यटनको सन्तुलित व्यवस्था आदि जस्ता विशेषता रहेका छन् । यिनै विशेषताकै कारण बाँके राष्ट्रिय निकुञ्जलाई नेपालको पर्यावरणीय पर्यटनको एक महत्वपूर्ण र लोकप्रिय केन्द्र बनाउने सकिने निश्चित नै छ ।
प्रकृतिसँग नजिक भइ रमाउने, वन्य जीवनलाई नजिकबाट हेर्न चाहने, यसको बारेमा अध्ययन गर्ने र मन, मस्तिष्क र शरीरलाई शान्त पार्ने चाहना भएकाहरूका लागि बाँके राष्ट्रिय निकुञ्ज अबको दिनमा एक प्रमुख गन्तव्य बन्ने सम्भावना देखिन्छ ।