काठमाडौं । भारत र चीनले नेपाली भूमि लिपुलेकमा व्यापारिक नाका खोल्न गरेको सहमतिको विरोधमा युवाहरूले काठमाडौंस्थित माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका छन् ।
प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी जिनफिङको पुतलामा जुत्ता हान्ने आठ युवालाई प्रहरीले पक्राउ परेको छ । स्वतन्त्र युवाहरूले सो निर्णयको विरोधमा प्रदर्शन गरेका हुन् ।