• फाल्गुन २६ २०८२, मंगलवार

भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ पुगेर उड्ने कारमा चढे प्रचण्ड

भाद्र ४ २०८२, बुधबार

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो’ को अवलोकन गरेका छन् ।

सो अवसरमा उड्ने कारमा चढेका थिए । नेपालको सबैभन्दा ठूलो अटो प्रदर्शनी ‘नाडा अटो शो’ मा २ करोड २० लाख रुपैयाँ पर्ने गाडीदेखि दुई सिटे ‘उड्ने कार’ सम्म प्रदर्शनीमा राखिएको छ । नाडा अटो शोमा प्रचण्डलाई रोवर्टले स्वागत गरेको थियो ।