• फाल्गुन २९ २०८२, शुक्रबार

मनमैजुबाट ९ लाखभन्दा बढीको गहना र नगद चोरी

भाद्र ४ २०८२, बुधबार

काठमाडौँ । काठमाडौँको तार्केश्वर नगरपालिका–९ मनमैजुस्थित एक घरबाट नगद र सुनका गहना चोरी भएको छ । मंगलबार दिउँसो नर्थपोल स्कुल नजिकैको घरबाट अपरिचित व्यक्तिले नगद र गहना चोरेका हुन् ।

६० वर्षीय पुरुषको डेराबाट २ लाख ३० हजार नगद र गहनासहित ९ लाख २० हजारको सामान चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी अपिल बोहराले बताए ।

घरमा कोही नभएको मौकामा ताला फुटाएर काठको दराज फुटाएर सो सामान चोरेर आरोपी फरार भएका छन् । चोरीमा संलग्नको खोजी भइरहेको एसपी बोहराले जानकारी दिए ।