• फाल्गुन २९ २०८२, शुक्रबार

कर्णाली प्रदेशको स्थापना दिवस मनाइदै, आज सार्वजनिक  बिदा

भाद्र ४ २०८२, बुधबार

सुर्खेत । कर्णाली प्रदेश सरकारले आज स्थापना तथा शहिद दिवस मनाउदैछ ।  यस अवसरमा प्रदेशमा आज सार्वजनिक बिदा दिइएको छ ।

आज प्रदेशभरका सबै सरकारी कार्यालय र सार्वजनिक संघसंस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सुचना निकाल्दै जानकारी दिएको छ ।

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले २०८१ चैत १७ को निर्णयअनुसार प्रदेश सरकारले बिदा दिएको मन्त्रालयका प्रवक्ता उत्तम गौतमले जानकारी दिए ।