• फाल्गुन २९ २०८२, शुक्रबार

संघीय संसदका चार समितिको बैठक बस्दै

भाद्र ४ २०८२, बुधबार

काठमाडौँ । आज संघीय संसदका चार समितिको बैठक बस्दैछ ।

आज प्रतिनिधि सभाका अर्थ समिति र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ भने राष्ट्रिय सभाका विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दैछ ।

आज बिहान ११ बजेदेखि शुरु हुने अर्थ समितिको बैठकमा वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयकको पारित प्रतिवेदनमाथि थप छलफल हुने कार्यसूची रहेको छ । त्यस्तै बिहान ८ बजेदेखि शुरु हुने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा हवाई तथा उड्डयन सुरक्षा सम्बन्धमा कानूनविद्हरूसँग छलफल हुने कार्यसूची रहेको छ ।

त्यसैगरी आज दिनको १२: १५ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको विधान व्यवस्थापन समितिको बैठकमा संघीय निजामती सेवा विधेयक, २०८० माथि दफावार छलफलको कार्यसूची रहेको छ ।

त्यस्तै आज बिहान साढे ११ बजेदेखि शुरु हुने राष्ट्रिय सभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने भन्ने विषयको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव कार्यान्वयनका सम्बन्धमा मन्त्रीसँग छलफलको कार्यसूची रहेको छ ।