मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) धैर्य र पराक्रममा वृद्धि हुनेछ। माननीय जनहरूको सहयोग लक्ष्य प्राप्तिमा सहायक हुनेछ। परिवारमा साना भाइबहिनीहरूबाट सहायता मिल्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक १ रहेको छ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सबैतिरबाट भनेजस्तो साथ पाइनेछ। उच्च पदस्थ व्यक्तिहरूसँग सम्पर्क बढ्नेछ। कुनै कुराले गर्दा मनमा चिन्ता रहनेछ। आर्थिक पक्ष सबल रहनेछ। आजको शुभ रंग रातो हो भने शुभ अंक २ रहेको छ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आयआर्जनका नयाँ स्रोतहरू फेला पर्नेछन्। सोचेको काममा परिवारको साथ र सहयोग मिल्नेछ। कार्यक्षेत्रमा नयाँ अवसरले मनमा उत्साह जगाउनेछ। शेयर बाजारबाट लाभ मिल्ला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ५ रहेको छ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) धर्मकर्ममा मन जानेछ। साहित्य र कलाको क्षेत्रमा विशेष सफलता मिल्ला। युवा वर्गहरूलाई करियरमा नयाँ अवसर प्राप्त हुनेछ। कार्यप्रति ईमान्दार रहनुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ४ रहेको छ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) धर्मकर्ममा मन लाग्नेछ। रुचिको कार्यहात लाग्नाले मन प्रसन्न रहनेछ। व्यापार व्यवसायमा सन्तोषजनक परिणाम प्राप्त हुनेछ। मित्रको सहयोगले बिग्रेको काम बन्नेछ। आजको शुभ रंग निलो हो भने शुभ अंक ९ रहेको छ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) घरपरिवारमा प्रेम र स्नेहको भावना जागृत हुनेछ। प्रेम सम्बन्ध सुमधुर रहनेछ। विशेष गरी सृजनात्मक क्षेत्रमा सफलता बढ्नेछ। दिगो कार्य प्रारम्भ गर्न सकिएला। आजको शुभ रंग निलो हो भने शुभ अंक ३ रहेको छ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आफन्तजनहरूको सहयोग मिल्नाले आत्मविश्वासमा वृद्धि हुनेछ। नमागि अरुलाई सल्लाह नदिनुहोस्। आर्थिक स्थितिलाई ध्यानमा राखेर खर्च गर्नुहोला। आजको शुभ रंग पहेलो हो भने शुभ अंक ३ रहेको छ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) कार्यक्षेत्रमा आत्मविश्वासमा कमी आउनेछ। यात्रा गर्दा आफ्नो सामानको जिम्मेवारी स्वयं राखौं। रोजगारमा नयाँ अवसरको लागि दौडधुप गर्नुपर्ला। स्वास्थ्य सबल रहनेछ। आजको शुभ रंग सेतो हो भने शुभ अंक २ रहेको छ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नोकरी वा पेशामा सहयोगीहरूबाट सहयोग पाइनेछ। कार्यक्षेत्रमा हजुरले गरेको कार्यको तारिफ हुनेछ। नयाँ नोकरी पाउने अवसर जुट्नेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ७ रहेको छ।बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आकस्मिक धनलाभका योग छन्। धेरै बोल्ने बानीले समस्या निम्ताउन सक्ला। आर्थिक पक्ष सामान्य रहनेछ। स्वास्थ्यलाई लिएर सजगता अपनाउनुहोस्। आजको शुभ रंग रातो हो भने शुभ अंक ३ रहेको छ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आनन्दको प्राप्ति हुनेछ। कार्यक्षेत्रमा पदोन्नतिका योग छन्। प्रतिष्ठित कामले अरुलाई प्रभावित पार्न सक्नुहुनेछ। पारिवारिक विषयवस्तुमा आफन्तहरूको सहयोग पाइनेछ। आजको शुभ रंग हल्का हरियो हो भने शुभ अंक ८ रहेको छ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) कार्यक्षेत्रमा विवादास्पद कार्यको जिम्मेदारी वहन गर्नुपर्ला। नयाँ अवसर मिले पनि चुनौतीहरूसँग जुध्नुपर्ने समय रहेको छ। सवारी साधन चलाउँदा सावधान रहनुहोला। आजको शुभ रंग खैरो हो भने शुभ अंक १ रहेको छ।हाम्रो पात्रो