• फाल्गुन २६ २०८२, मंगलवार

जेलमा पर्याप्त घाम, हावा र पानी नपाउँदा रविको स्वास्थ्य खराब

भाद्र २ २०८२, सोमबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वास्थ्य अवस्था सामान्य नरहेको पाइएको छ ।
रुपन्देहीको भैरहवाबाट ललितपुरस्थित नख्खु कारागारमा स्थान्तरण गरेपश्चात् सोमबार लामिछानेको स्वास्थ्य परीक्षण गरिएको थियो ।

स्वास्थ्य जाँच गर्ने क्रममा उनको स्वास्थ्य अवस्था सामान्य नरहेको चिकित्सकले बताएको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए ।

हावा, घामलगायत नियमित आवश्यकता लामिछानेको शरीरले नपाएको देखिएको बताइएको छ । ट्रमा सेन्टरका डाक्टर जितेन्द्रप्रसाद यादव नेतृत्वको टोलीले लामिछानेको थप स्वास्थ्य जाँचको प्रक्रिया थालेको छ ।

भैरहवा कारागारमा रहँदा कोठाभित्रै थुनिएको, हावापानी नपाएको, अत्यधिक गर्मी रहेका कारण उनको शरीरमा केही समस्या देखिएको हुनसक्ने आशंका गरिएको छ ।