• फाल्गुन २४ २०८२, आईतवार

पेट्राेलकाे मूल्य बढ्याे, डिजल र मट्टीतेलको मूल्य घट्याे

श्रावण ३० २०८२, शुक्रबार

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजल र मट्टीतेलको मूल्य घटेको छ । निगमले शुक्रबार राति १२ बजेपछिबाट लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्य परिवर्तन गरेको हो ।

जस अनुसार पेट्रोलको मूल्यमा प्रति लिटर २ रुपैयाँ बढेको निगमले जानकारी दिएको छ । त्यस्तै निगमले डिजेल र मट्टितेलमा प्रतिलिटर १ रुपैयाँ घटाएको छ ।

निगमले भारतबाट पेट्रोलमा प्रतिलिटर २.३३ रुपैयाँ बढेर आएको र  डिजलमा १.२७ रुपैयाँ घटेर आएको जानकारी दिएको छ । मूल्य परिवर्तनपछि काठमाडौँमा पेट्रोल प्रतिलिटर १६१ भएको छ भने डिजल तथा मट्टीतेलको प्रति लिटर १४९ भएको निगमले जनाएको छ ।