• फाल्गुन २६ २०८२, मंगलवार

कुलिङ पिरियडमा भएको हेरफेर छानबिन प्रतिवेदन कार्यान्वयनमा पठाउन सभामुखको निर्देशन

श्रावण ३० २०८२, शुक्रबार

काठमाडौँ । सभामुख देवराज घिमिरेले कुलिङ पिरियडमा भएको हेरफेर छानबिनसम्बन्धि प्रतिवेदन कार्यान्वयनका लागि निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले प्रतिवेदन कार्यान्वयनका लागि प्रमुख दलका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालयहरू, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संघीय संसद सचविालयलाई आवश्यक कार्यान्वयनका लागि पठाउन प्रतिनिधि सभाका सचिवलाई निर्देशन दिएको उनको सचिवालयले जानकारी दिएको छ ।

कुलिङ पिरियडमा समितिको प्रतिवेदनमा राज्य व्यवस्था समितिका सभापति रामहरी खतिवडा राजनीतिक र नैतिक रुपमा जिम्मेवार भएको ठहरपछि आफ्नो पदबाट राजीनामा दिइसकेका छन् ।