• फाल्गुन २९ २०८२, शुक्रबार

अखिल नेपाल महिला संघ (क्रा.)द्वारा तीज गीत प्रतियोगिता आयोजना हुँदै

श्रावण २९ २०८२, बिहीबार

काठमाडाैं । अखिल नेपाल महिला संघ (क्रान्तिकारी)को सम्पर्क समन्वय प्रदेश समितिले प्रगतिशील तीज गीत प्रतियोगिता आयोजना गर्ने भएको छ।

केन्द्रीय सचिव जुना घर्तीमगरका अनुसार, प्रतियोगिता २०८२ साल श्रावण ३० गते शुक्रबार दिउँसो १ बजे थापागाउँ पार्टी प्यालेसमा हुने छ।

उनका अनुसार, यस प्रतियोगितामार्फत महिलाहरूको सांस्कृतिक प्रतिभा प्रदर्शन हुने र तीज पर्वलाई प्रगतिशील दृष्टिकोणबाट मनाउने अवसर प्राप्त हुने छ।

घर्तीमगरले सम्पूर्ण महिला तथा इच्छुक सहभागीलाई कार्यक्रममा उपस्थित रहि सक्रिय सहभागिता जनाउन आग्रह गरेकी छन्।