काठमाडाैं । संस्कृतिविद् बमकुमारी बुढामगरद्वारा लिखित ‘मौला ल घोन’ (स्तम्भको काख) पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न भएको छ।
अथार मगरात मगर प्रतिष्ठानको आयोजनामा आदिवासी जनजाति आन्दोलनकी अगुवा तथा संस्कृतिविद् बमकुमारी बुढामगरद्वारा लिखित उक्त पुस्तकको परिचर्चा कार्यक्रम रिडि लाउन्ज, जाउलाखेल, ललितपुर मा सम्पन्न भएको हो।
कार्यक्रममा पुस्तकका समालोचक डा. लालबहादुर पुनमगर, डा. बालकृष्ण माबुहाङ, र सह–प्रा. धनकुमारी थापा बुढाथोकी ले गहिरो टिप्पणी तथा सुझाव प्रस्तुत गरेका थिए। कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय समितिका अध्यक्ष श्री ज्ञानेन्द्र पुनमगर, आदिवासी आयोगका अध्यक्ष श्री रामबहादुर थापामगर, अन्तर्राष्ट्रिय मगर महासंघका अध्यक्ष श्री नवीन रोका मगर लगायत संघका भातृ संगठनका प्रतिनिधि, बौद्धिक व्यक्तित्व, सल्लाहकार, सञ्चारकर्मी र साहित्यकारहरूको सहभागिता रहेको थियो।
प्रतिष्ठानका अध्यक्ष झविन्द्र पुनमगर ले लेखकलाई हार्दिक बधाई ज्ञापन गर्दै सबै उपस्थित अतिथि, सहयोगी र सहभागीहरूलाई धन्यवाद प्रकट गरेका थिए।