• फाल्गुन २६ २०८२, मंगलवार

वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाए

श्रावण २७ २०८२, मंगलवार

काठमाडौं । वाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत पाएका छन् । बानियाँलाई कांग्रेस र एमालेका ६३ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका सांसद रामकृष्ण चित्रकार अमेरिकामा रहेकाले उनका पक्षमा ६४ सांसद भए पनि विश्वासको मतमा ६३ मत मात्र आएको हो ।

संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माअ‍ोवादी केन्द्रसहित, राप्रपा, नेकपा (एकीकृत समाजवादी)ले विपक्षमा मतदान गरेका थिए । हाम्रो पार्टी नेपालका दुई सांसद सदनमै अनुपस्थित भए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बसेको थियो ।