• फाल्गुन २९ २०८२, शुक्रबार

विश्व आदिवासी दिवसको अवसरमा बमकुमारी बुद्धामगरद्वारा लिखित पुस्तक “मौला ल घोन” को परिचर्चा कार्यक्रम आयोजना हुँदै

श्रावण २७ २०८२, मंगलवार

विश्व आदिवासी दिवस २०८२ को अवसरमा आदिवासी जनजाति आन्दोलनकी अगुवा तथा संस्कृतिविद् बमकुमारी बुद्धामगरले लेखेको “मौला ल घोन” नामक पुस्तकको परिचर्चा कार्यक्रम हुने भएको छ। कार्यक्रममा उक्त पुस्तकका विषयमा गहिरो छलफल र समिक्षा गरिने छ।

कार्यक्रममा डा. लालबहादुर पुन मगर, डा. बालकृष्ण माबुहाङ र सह प्रा. धनकुमारी थापा बुद्धाथोकीले पुस्तकको समिक्षा प्रस्तुत गर्नेछन्।

परिचर्चा कार्यक्रम २०८२ साल साउन २८ गते (बुधबार) बिहान १:३० बजे रिडी लाउन्ज, जावलाखेल, ललितपुरमा आयोजना हुनेछ।

कार्यक्रमको आयोजना अथार मगरात मगर प्रतिष्ठान, केन्द्रीय समिति, काठमाडौले गरेको हो। संस्थाका अध्यक्ष झबिन्द्र पुनमगरले यस कार्यक्रमलाई भव्य र सफल बनाउन सबैमा हार्दिक निमन्त्रणा गरेका छन्।