• फाल्गुन २९ २०८२, शुक्रबार

डडेल्धुराबाट जुवातास खेलिरहेका पाँच जना पक्राउ

श्रावण २६ २०८२, सोमबार

डडेल्धुरा । डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउले बजारस्थित आरती होटेलमा जुवातास खेलिरहेको अवस्थामा सोही नगरपालिका–१ बस्ने ३८ वर्षीय मान बहादुर साउद समेत ५ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ७ सय ८५ रूपैयाँ र २ सय ८ पत्ता तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।