• फाल्गुन २४ २०८२, आईतवार

ह्‌वात्तै घट्यो सुनचाँदीको मुल्य, आज कतिमा हुँदैछ कारौबार ?

श्रावण २६ २०८२, सोमबार

काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुन तोलाको ११ सयले घटेर तोलाको एक लाख ९८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९९ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १५ रुपैयाँले बढेर २३१५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको २३३० मा कारोबार भएको थियो ।