• फाल्गुन २६ २०८२, मंगलवार

पुनिकला केसीको अध्यक्षतामा क्रान्तिकारी महिलाको रोल्पा–काठमाडौं सम्पर्क समन्वय समिति गठन

श्रावण २५ २०८२, आईतवार

काठमाडौं । नेकपा (माओवादी केन्द्र) निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी) रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिले प्रथम भेला सम्पन्न गरेको छ । भेला चन्द्रागिरि नगरपालिका–२, बसुन्डोल, काठमाडौंमा सम्पन्न भएको हो । कार्यक्रमको मुख्य आयोजक माओवादी केन्द्रको रोल्पा–काठमाडौं सम्पर्क समन्वय समिति रहेको छ ।

‘सम्पूर्ण मुक्तिकामी महिलाहरू एक होऔं’ र ‘संसारका मजदुरहरू एक होऔं’ भन्ने नारासहित आयोजित कार्यक्रममा मार्क्सवाद–लेनिनवाद–माओवादप्रति समर्थन व्यक्त गरिएको थियो । कार्यक्रममा अतिथिको रुपमा हस्तमाली पुन, मीरा रोकामगर, भुम पुनमगर, तिलक पुनमगर र माडी गाउँ कार्यपालिका सदस्य राजेश विश्वकर्मा उपस्थित थिए । कार्यक्रममा विभिन्न आन्दोलनमा सहादत प्राप्त गर्ने वीर शहिदहरुप्रति मौनधारण गरिएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य गीता गहतराज प्रमुख अतिथि, प्रदेश समन्वय समितिकी उपाध्यक्ष सुनिता रोकाया विशेष अतिथि, प्रदेश सचिव गुलाफ घर्तीमगर, प्रदेश सदस्य जयबहादुर घर्ती मगर, प्रदेश सदस्य चेतन कुुँवर, क्रान्तिकारी महिला समन्वय समितिका केन्द्रीय सचिव जुना घर्तीमगर, रोल्पा–काठमाडौं सम्पर्क समन्वय समितिका पूर्वअध्यक्ष चिरण बाँठामगर, वर्तमान अध्यक्ष तिलबहादुर घर्ती मगर लगायतको उपस्थिति थियो ।

भेलाबाट पुनिकला केसीको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरिएको छ । समितिका निर्वाचित अन्य सदस्यहरुमा विनिता रानामगर, जुनु घर्तीमगर, भूमिका घर्तीमगर, श्यामकुमारी घर्तीमगर, सरस्ती बुढा, जीवनी घर्तीमगर, कमला घर्तीमगर, पूर्णमाली पुनमगर, सुमित्रा घर्तीमगर, पूर्णमाया बुढामगर, आकृति घर्तीमगर, नविना केसी, वसन्ती बुढा, दिलमाया पुनमगर र चन्द्रा घर्तीमगर रहेका छन् । साथै सो अवसरमा माओवादी केन्द्र रोल्पा–काठमाडौं सम्पर्क माडी गाउँपालिका समितिको अध्यक्षमा सन्तबहादुर घर्तीमगर चयन गर्दै १३ सदस्यीय समिति पनि गठन गरिएको छ ।