• फाल्गुन २३ २०८२, शनिबार

पहिलो हाफमा नेपालको पोष्टमा उत्तर कोरियाको ५ गोल

श्रावण २५ २०८२, आईतवार

काठमाडौँ । एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत नेपाल र उत्तर कोरियाबीचको खेल जारी रहेको छ ।

खेलको पहिलो हाफमा उत्तर कोरियाले ५–० गोलले अगाडी रहेको छ । खेलमा उत्तर कोरिया नेपालमाथि पूर्णरुपमा हावी भएको छ ।

उत्तर कोरियाले यसअघि साउदी अरेबियालाई १५–० ले र भुटानलाई १०–० गोलले पराजित गरेको थियो ।

त्यस्तै नेपालले पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो भने साउदी अरेबियालाई १–० गोलले पराजित गरेको थियो ।