• फाल्गुन २४ २०८२, आईतवार

गाजालाई नियन्त्रणमा लिने इजरायलको निर्णय गलत– स्टारमर

श्रावण २३ २०८२, शुक्रबार

काठमाडौँ । बेलायतका प्रधानमन्त्री केयर स्टारमरले इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले गाजाको नियन्त्रण लिने निर्णय गलत भएको बताएका छन् ।

स्टारमरले इजरायलको निर्णयलाई गलत भन्दै यसलाई पुनर्विचार गर्न अपील गरेका छन् ।

स्टारमरले भनेका छन्‌– ’इजरायली सरकारको गाजामा आक्रमण बढाउने निर्णय गलत छ । हामी उनीहरूलाई तुरुन्तै पुनर्विचार गर्न अपील गर्दछौं । गाजामा मानवीय संकट दिन प्रतिदिन बढ्दै गइरहेको छ । हमासद्वारा बन्धक बनाइएका मानिसहरूलाई भयानक र अमानवीय अवस्थामा राखिएको छ । हामीलाई अब युद्धविरामको आवश्यकता छ ।’
यसअघि, इजरायलको सुरक्षा मन्त्रिपरिषद्ले शुक्रबार बिहान भएको बैठकमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको गाजाको नियन्त्रण लिने योजनालाई अनुमोदन गरेको थियो ।