• फाल्गुन २३ २०८२, शनिबार

पेनाल्टी मिस गर्दा साउदी अरेबियासँग पहिलो हाफमा नेपाल गोलरहित बराबरीमा

श्रावण २३ २०८२, शुक्रबार

काठमाडौँ । नेपाल एएफसी यू–२० महिला एसियन कप छनौट अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलको पहिलो हाफमा बराबरीमा रोकिएको छ ।

अहिले जारी खेलको पहिलो हाफमा नेपाल र साउदी अरेबिया गोलरहित बराबरीमा रोकिएका हुन् । नेपालले खेलको ३७औं मिनेटमा पाएको पेनाल्टीलाई मीना देउवाले गोल गर्न नसकेपछि साउदी अरेबियाविरुद्ध गोल गर्ने अवसर गुमाएको थियो ।

यस अघि नेपालले भुटानसँग १–१ गोलको बराबरी खेलेको थियो । त्यस्तै साउदी अरबले आफ्नो पहिलो खेलमा उत्तर कोरियासँग १५–० गोल अन्तरले पराजित भएको थियो । समुह ए को आजै भुटान र उत्तर कोरियाबीच खेल हुदैछ ।

प्रतियोगिता भुटानमा अगस्ट १० सम्म हुने तालिका रहेको छ । नेपालले यो खेलपछि अगस्ट १० मा उत्तर कोरियासँग खेल्ने तालिका रहेको छ ।

आठ समुहको शिर्ष स्थानमा रहने देश एएफसी यू–२० महिला एसियन कपका लागि छनौट हुने छन भने हरेक समुहको दोस्रो स्थानमा रहेका शिर्ष तीन देश पनि एशिया कपका लागि छनौट हुने छन् । १२ देशले भाग लिने एएफसी यू–२० महिला एसियन कपमा आयोजकको रुपमा थाइल्याण्ड छनौट भएको छ ।