• फाल्गुन २४ २०८२, आईतवार

मस्काेमा बमकाे वर्षा गर्ने धम्किदिने ट्रम्पले पुटिन भेट्न सुटुक्क दुत पठाए

श्रावण २१ २०८२, बुधबार

काठमाडौँ । युक्रेनमा युद्धविरामको लागि रूसको सहमतिको लागि शुक्रबारको समयसीमा अगाडि, अमेरिकी राजदूत स्टीव विटकफले आज रूसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेटेका छन् ।

स्टीव विटकफ बुधबार बिहान रूस पुगेर पुटिनसँग तीन घण्टासम्म वार्ता गरेको रुसी मिडियाहरुले उल्लेख गरेका छन् ।

क्रेमलिनले पुटिन र विटकफको भेटबारे जानकारी दिदै विदेश नीति सल्लाहकार युरी उशाकोभले छलफललाई ‘उपयोगी’ र ‘रचनात्मक’ भएको बताएका छन् ।

उनले भनेका छन्- ‘हामीले युक्रेनको मुद्दाको बारेमा केही संकेतहरू दिएका थियौं, र राष्ट्रपति ट्रम्पबाट पनि त्यस्तै संकेतहरू प्राप्त भएका थिए । हामी हेर्नेछौं, विटकफले आजको कुराकानीको बारेमा ट्रम्पलाई कहिले जानकारी गराउन सक्छन् ।’

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यदि रूसले युक्रेनसँगको युद्ध अन्त्य गर्न कदम चालेन भने, यसले भारी प्रतिबन्धहरूको सामना गर्ने यस अघि नै चेतावनी दिएका छन् । यसका साथै, अमेरिकी राष्ट्रपतिले रूससँग व्यापार गर्ने देशहरूमाथि प्रतिबन्ध लगाउने धम्की पनि दिएका छन् । ट्रम्पले दिएको समय सिमा शुक्रबार सकिंदैछ ।