• फाल्गुन २३ २०८२, शनिबार

एनपीएलको दोसो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने

श्रावण २१ २०८२, बुधबार

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणका लागि १५० खेलाडीको अक्सन हुने भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) ले साउन २४ गते हुने अक्सनका लागि प्राविधिक समितिले १५० खेलाडी छनौट गरेको जानकारी दिएको छ । क्यानले जुलाई १२ देखि २२ सम्म खुला गरेको खेलाडी दर्ताको समयमा ४५८ खेलाडीले नाम दर्ता गराएका थिए ।