• फाल्गुन २९ २०८२, शुक्रबार

गोरुसिङगे–सन्धिखर्क सडक एकतर्फी सूचारु

श्रावण २० २०८२, मंगलवार

बुटवल । गोरुसिङगे–सन्धिखर्क सडक एकतर्फी सूचारु भएको छ ।

जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका अनुसार अर्घाखाँचीको शितगंगा नगरपालिका–२ सितापुर र शितगंगा–३ बर्बोटस्थित गोरुसिङगे–सन्धिखर्क सडक खण्डमा खसेको पहिरो इलाका प्रहरी कार्यालय ठाडाको टिमले एकतर्फी सुचारु गरेको जानकारी दिएको छ ।

बर्षातको समयमा बाढी र पहिरोको सम्भावना हुने भएकाले सतर्क भएर यात्रा गर्न प्रहरीले अनुरोध गरेको छ ।