• फाल्गुन २९ २०८२, शुक्रबार

पाँचथरबाट श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

श्रावण १६ २०८२, शुक्रबार

पाँचथर । आफ्नै श्रीमती २२ वर्षीया अनु राईको हत्या गरेको अभियोगमा फालेलुङ गाउँपालिका–७ आहाले बस्ने २७ वर्षीय महेन्द्र तामाङलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

फिदिम नगरपालिका–१ नाम्दुस्थित ससुराली घरमा बिहीबार राति महेन्द्रले कोदालोको पासो प्रहार गर्दा अनु गम्भीर घाइते भएपछि उनको बिएण्डसी अस्पताल बिर्तामोडमा थप उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले तामाङलाई फिदिम नगरपालिका–६ गोलेगाउँबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।