• फाल्गुन २६ २०८२, मंगलवार

गौतमबुद्ध र पोखरा विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्नुपर्छ– मन्त्री पाण्डे

श्रावण १५ २०८२, बिहीबार

काठमाडौँ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थललाई राष्ट्रिय गौरवका संरचनाको रुपमा राख्ने बताएका छन् ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले मन्त्रालय अन्तरगतका राष्ट्रिय गौरवका आयोजनाको विषयमा गरेको छ्लफलमा बोल्दै मन्त्री पाण्डेले मन्त्रालय अन्तरगत पाँच आयोजना रहेको भएपनी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा क्षेत्रीय विमानस्थल निर्माण सम्पन्न भैसकेकोले यी दुई आयोजना अब राष्ट्रिय गौरवका संरचनामा राख्नु पर्ने बताएका हुन् । मन्त्री पाण्डेले भने– ‘देशले अब यी आयोजनालाई राष्ट्रिय गौरवका संरचनामा राख्दै यी आयोजनाबाट फाईदा लिनुपर्छ ।

यस्तै पशुपति र लुम्बिनीको गुरु योजना अनुसार काम अगाडी बढाउन सरकार प्रतिबद्ध रहेको मन्त्री पाण्डेको भनाइ थियो । निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई राष्ट्रिय गौरव आयोजनाको रुपमा राखेको भएपनि यो निर्माणमा नै अन्योल रहेको उनको भनाइ थियो ।

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल देशको लागि अपरिहार्य रहेकाले यसको निर्माण र संचालन मोडालिटी बनाएर आगाडी बढ्ने मन्त्री पाण्डेले जानकारी दिए । भैरहवा र पोखरा विमानस्थल नचल्नुमा रुटको समस्यामात्र नभएको र सरकारका कतिपय निकायले नै सरकारले तयार पारेको कार्ययोजना लागू नगर्दा समस्या आएको उनको भनाइ थियो ।

लमो समयपछि अहिले नेपाल एयरलाइन्सका सबै जहाज संचालनमा रहेको बताउदै नेपाल एयरलाइन्समा जहाज थप गर्ने विषयमा समेत छलफल जारी रहेको उनको भनाइ थियो ।