• फाल्गुन २९ २०८२, शुक्रबार

सिन्धुलीबाट बेपत्ता हायू परिवारका सदस्य पोखरा पुगेको खुलासा

श्रावण १२ २०८२, सोमबार

काठमाडौं । सिन्धुलीबाट बेपत्ता भएका हायू परिवारका सदस्यहरू पोखरा पुगेको खुलेको छ । उनीहरू गत शनिबार नै पोखराको होटल जननीमा पुगेर बसेका थिए ।

उक्त होटलका सञ्चालक सुनिल भूर्तेलका अनुसार शनिबार आएर उनीहरू आइतबार नै होटलबाट चेक आउट गरेर निस्किएका थिए ।

उनका अनुसार तीन वटा कोठा लिएर उनीहरू बसेका थिए । १५र१६ जना नै आएको भए पनि कति जना भन्ने यकिन गर्ने काम भइरहेको उनले बताए । यसबारे होटल सञ्चालकले प्रहरीलाई खबर गरिसकेको छ ।