• फाल्गुन २६ २०८२, मंगलवार

मुख्यमन्त्री लामाविरुद्ध काँग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता

श्रावण ९ २०८२, शुक्रबार

हेटौडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामालाई दलको काँग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

बागमती प्रदेशका काँग्रेसका २१ सांसदले हस्ताक्षर गरेर लामाविरुद्ध अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावमा नेपाली कांग्रेसबाट हाल प्रतिनिधित्व गरिरहेका ४ मन्त्रीसहित २१ सांसदहरूले हस्ताक्षर गरेका छन् ।

यसअघि शुक्रबार नै काँग्रेसबाट मन्त्री बनेका चार जनाले राजीनामा दिएका थिए । राजीनामा दिने मन्त्रीहरुमा सुरजचन्द्र लामिछाने, मीनकृष्ण महर्जन, विमल ठकुरी र मधुकुमार श्रेष्ठ रहेका छन् ।

बागमतीमा काँग्रेसका ३७ सांसद रहेका छन् ।