• फाल्गुन २४ २०८२, आईतवार

नेप्सेमा सामान्य वृद्धि, १८ अर्ब ४९ करोडको कारोबार

श्रावण ८ २०८२, बिहीबार

काठमाडौँ । नेप्से परिसूचकमा सामान्य वृद्धि भएको छ । आज नेप्से ३.७६ अंकले बढेर २९८२.६४ विन्दुमा रोकिएको छ ।

आजको कारोबारमा विभिन्न ३२८ कम्पनीका ३ करोड ८९ लाख ६२ हजार ५०८ कित्ता शेयर १८ अर्ब ४९ करोड ४ लाख २८ हजार ७९४ मा किनबेच भएको नेप्सेले जनाएको छ ।

आज ग्रीन भेन्चर लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ भने ट्रेड टावर लिमिटेड, सान्भी इनर्जी र स्वेत गंगा हाइड्रोको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ ।

त्यस्तै आज मन्जुश्री फाइनान्स डिभेन्चरको शेयर ४.२२ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार राढ़ी विद्युत कम्पनिको ७७ करोड २१ लाख बराबरको र एन्गाडीग्रुप पावर लिमिटेडको ७१ करोड १० लाख बराबरको सेयर कारोबार भएको नेप्सेले जनाएको छ ।